श्रीमान-श्रीमतीको अहन्कार

जब श्रीमान र श्रीमती एकआपसमा मिलेर बस्न सक्दैनन, यथार्थपरक हुन सक्दैनन र आफ्नो पारीकल्पना अनुरुप मेरो श्रीमान वा मेरी श्रीमती हुनुपर्ने भनी बल गर्न थालदछन् वा आफ्नो सोच जस्तो एकले अरुमा खोजी गर्दछन्, तब टकराव सुरु हुन्छ! उनिहरुलाई केवल आफ्नो अहन्कारको मात्र सरोकार हुन्छ! आफुले भनेंको अनुसार गर्न र गराउन पाए मात्र हर्ष प्राप्त हुन्छ! एकले अरुको लागि आफुभित्र परिवर्तन ल्याउन कुनै पनि प्रयत्न हुंदैन! अर्को अर्थमा मिलेर बस्नुपर्छ भन्ने चेतना नै आफ्नो अहन्कारले जलाइदीईसकेको हुन्छ!अनी त्य्सको भागीदार उनिहरु आँफै त हुन्छन नै, उनिहरुका माता पिता र सन्तान त्यसको अधिक मारमा पिल्सिन्छन किनकी तिनिहरुका निम्ती दुबैको माया र स्नेह अपरिहार्य हुन्छ र ति श्रीमान-श्रीमतीको अहन्कार उनिहरुकानिम्ती निरर्थक हुन्छ! श्रीमान-श्रीमतीलाई त केवल आफ्नो अहन्कारको र एकमाथी अरुको बर्चस्व कायम गर्ने ध्याउन्न मात्र हुन्छ! यो रवैयाले गर्दा उनिहरुले निर्माण गरेको माहोल उनिहरुका माता-पिता र सन्ततिका  निम्ती प्रतिकुल रहेको स्थिती प्रती उनिहरु पूर्णत: अचेत रहन्छन्! 

राम्रो पक्षलाई माया र सम्मन गरेर नराम्रो लाई मनन गरी सुधारोन्मुख दिशामा कार्य गरेमा मात्र सम्बन्ध सुमधुर रहन्छ! अरुको जुत्तामा खुट्टा हालेर जुत्ताले दिने आनन्द वा पिडा बोध गरे, अरुको दृष्‍टिकोणले पनि आफ्नो स्थितिको मुल्याङ्कन र आफु कसरी सहयोगी हुन सकिन्छ भनेर आफ्नो दायित्यबोधले गरे नै वैचारिक सम्बन्ध कसिलो हुन जान्छ! जहाँ एकले अरुको विचारको सम्मान गरिन्छ, एक अर्काका कुराहरुलाई  कुनै स्वार्थ र पुर्वाग्रह नराखीकन स्थान दीईन्छ, तब सम्बन्धले माधुर्यताको नयाँ आयम स्थापित गर्दछ!  

Comments

Popular posts from this blog

जिउने कला

सम्बन्ध र अहन्कार

मनिसका कुरा गराईका शैली