Posts

मनिसका कुरा गराईका शैली

एकनास गतिमा गूडिरहेको गाडी जस्तो, लाग्दछ गाडी गुडेको हैन, सरर बगे जस्तो! अनि कुरालाई मोड्ने वा रोक्ने अवस्थामा स्रोताले पत्तै नपाई उही सुमधुर गतिमा, कुनै ठेलामठेल, धक्काधुक्की बिना, उहि लयमा, उहि भावमा गर्न सक्ने! तिव्र गतिमा गुडेको गाडी जस्तो, लाग्दछ कहाँँ गएर दुर्घटना होला कि जस्तो! अनि कुरालाई मोड्ने वा रोक्ने अवस्थामा स्रोताले घ्याच्च ब्रेक लगाएको अनुभव गर्ने, तिव्र रफ्तारमा गुडेको गाडी रोक्किदा रफ्तारले ल्याएका अरु समवेगी वस्तुहरुको आभास दिलाउने! घ्याच्च घ्याच्च ब्रेक लगाउदै अगाडि बाढिरहेको गाडी जस्तो, श्रोतालाई अत्यन्त कष्टकर, पट्यारलाग्दो महसुस हुने! कहीं कतै अरु प्रकारहरु पनि अनुभव गर्नु भएको छ भने टिप्पणी गरिपाउँ!! 

Resolution 2021 reflecting upon 2020

I have always been an admirer of books ever since my adolescence. Growing up, I also came to know that reading books is the ultimate way to know the world and my inner self, without too many hassles. I also came to know that it is with the aid of books, I can be a better a version of myself what I'm today, again without being made forced by fate to be it. To justify this understanding of mine, I was very much fond of acquiring highly-rated books. My genera of interest came out to be self-help, leadership, entrepreneurship, money, intellectual growth and spiritual growth. Hence I kept on accumulating books whenever I found anything that could satisfy my cravings. I even used to carry one or two with me whenever I was on a voyage. Against all the goods the ugly thing was that I hardly read them. In the past one and a half-decade of my quest of acquiring books, I hardly could complete a book a year. But as it is said, "Gods do have plans of their own", they made me open up m...

कोरोना जोखिम र हाम्रो बेफिक्री मानसिकता

हिजो मंसिर १०, २०७७ का दिन ईटहरी हलगडा स्थित यातायात ब्यवस्था विभागको कार्यालय जानु पर्ने काम आईलाग्यो। यस्तो कोरोना महामारीमा भिडभाडमा नजाने र भौतिक दुरी कायम गरी जीवनयापन गर्ने मेरो नव विकसित बानीलाई धर्मसंकट आईपर् ‍ यो। कारण थियो "भय"; सरकारी कार्यालय हो, नयाँं मान्छेसँग भेट्नु पर्छ; सेवाग्राहिको सधैं घुईचो भईरहने ठाउँँ हो, भीड हुँदोहो; कोरोना पो बोकिने हो कि? तथापि परिआएपछि त्यसलाई सहज रूपले स्विकार गरेर सामना गर्नु बाहेक अरु विकल्प खोज्नु बुद्धिमानी हुँदैन भन्ने कुरा स्मरण गरी लागें हलगडा तर्फ। यातायात कार्यालयमा भिडभाड हुने भएतापनि सामाजिक दुरी भनें कायम नै राख्ने छु भनिं मानसपटलमा कुंदेको चैं अवश्य नै थिए। आफुले लगाएको सर्जिकल मास्कमाथि अर्को सर्जिकल मास्क पनि थपें। डबल सर्जिकल मास्क लगाएर म कार्यालय पुगें। कार्यालय बाहिर मानिसहरु झुन्ड झुन्ड बनाएर वार्तालाप गरिरहेका देखिन्थे, ब्यक्तिगत दुरी भन्दा पनि झुन्डगत दुरी कायम गर्नमा सफल देखिन्थ्यो त्यहाँको स्थिति। आफु भनें एक्लै गएको र आफ्ना वरिपरि सबै अपरिचितहरु नै रहेकाले झुन्डमा झुन्डिने वा झुन्ड आँफै तयार गर्ने वातावरणले ...

जिउने कला

आफ्नो सोचभन्दा फरक परिस्थिती घटित हुनु भनेको सामान्य कुरा हो! हामीले नचाहंदा नचाहंदै पनि त्यो भएरै छाड्ने प्रकृया हो! यस्तो परिस्थिती प्रतीको हाम्रो प्रथम स्वतस्फुर्त प्रतिकृया भनें ब्यक्ती ब्यक्ती विचमा नितान्त फरक फरक भएको देखिन्छ! साधारणतया कुनै ब्यक्तिबाट सो परिस्थितीको सिर्जना भएमा हामी आक्रोशित भई तत्काल प्रतिकारमा उत्रन्छौं भनें प्रक्रितीले नै सो परिस्थिती सिर्जना गरिदीईन भनें हामी आफुलाई दुर्भाग्यशाली ठान्दछौं! तनावयुक्त जिन्दगी बांच्नु भनेंको हाम्रा सृस्‍टिकर्ताको वरदानलाई अपहेलना गर्नु हो, आफ्नो जीवनको मुल्यलाई आफैले अवमुल्यन गर्नु हो। प्रतिकृतिलाई स्विकार्नुको विकल्प छैन तर अन्य कुनै ब्यक्तिबाट आफ्नो सोचभन्दा फरक परिस्थिती घटित हुन गई कुनै पनि प्रकारको हानी हुने वा भएमा दुई मध्य एक उपाय अपनाउन सकिन्छ। १) अन्याका विरुद्ध आवाज उठाउने, आफ्नो पिडाप्रती न्याय पाउन अन्त्यसम्मा लड्ने,वा  २) सो परिस्थितिको सुक्ष्म अध्ययन गर्नें, परिस्थिती घटित हुनुमा आफ्नो पनि कमजोरी छ कि? आफ्ना कमजोरिलाई मात्र स्विकारीयो अर्को ब्यक्तिको कमजोरिलाई स्विकारीएन कि? समयको बहावलाई सही पहिचान गर्न सकि...

सम्बन्ध र अहन्कार

सम्बन्धहरूलाई कस्तो स्वरुप दिने हो, त्यो हामी आँफैमा भर पर्दछ! हाम्रो विचार र कर्मको डोरिले नै सम्बन्धलाई जोड्ने गर्दछ! कति सम्बन्धहरू  सृस्‍टिकर्ताले हाम्रो जन्म सँगै हामीलाई जोडीदिएका हुन्छन् भनें कति सम्बन्धहरू समय सँगै हामी आँफैले जोड्ने गर्दछौं! सम्बन्धहरू गाँस्न त धेरै असहज हुँदैन, तर  सम्बन्धहरूलाई दरिलो बनाईरहन निकै नै गार्हो पर्दछ! सम्बन्धहरुको प्रघाडतालाई दुषित पार्ने र त्यसलाई धमिरा सरह खोक्रो बनाउने तत्व भनेको हाम्रै अहन्कार हो! जहाँं जहाँं हामी 'म', र 'मेरो' मा मात्र केन्द्रित रही सम्बन्धको पालना गर्ने जमर्को गर्दछौं, तब हामी हाम्रा सम्बन्ध भन्दा आफ्नो अहन्कारको पोषणमा कृयाशिल रहन्छौं! यथार्थ के हो भने, जहाँं अहन्कार हावी हुन्छ, सम्बन्धलाई एउटा बाध्यात्मकताको डोरिले मात्र जोडीदिएको हुन्छ! त्यहाँ पालना गरिने जिम्मेवारी पनि बाध्यात्मक हुन्छन्! नैतीक वाध्यता, पारिवारिक बाध्यता, सामाजिक बाध्यताले जोडीएका सम्बन्धमा कुनै भावनात्मक उर्जा र मायाको संचार हुँदैन! यस्ता बाध्यताहरु तवसम्म रहिरहन्छन जब सम्म हाम्रो अहन्कारको अन्त्य हुंदैन! बाध्यतामक सम्बन्ध सदा पलायनवादी...

श्रीमान-श्रीमतीको अहन्कार

जब श्रीमान र श्रीमती एकआपसमा मिलेर बस्न सक्दैनन, यथार्थपरक हुन सक्दैनन र आफ्नो पारीकल्पना अनुरुप मेरो श्रीमान वा मेरी श्रीमती हुनुपर्ने भनी बल गर्न थालदछन् वा आफ्नो सोच जस्तो एकले अरुमा खोजी गर्दछन्, तब टकराव सुरु हुन्छ! उनिहरुलाई केवल आफ्नो अहन्कारको मात्र सरोकार हुन्छ! आफुले भनेंको अनुसार गर्न र गराउन पाए मात्र हर्ष प्राप्त हुन्छ! एकले अरुको लागि आफुभित्र परिवर्तन ल्याउन कुनै पनि प्रयत्न हुंदैन! अर्को अर्थमा मिलेर बस्नुपर्छ भन्ने चेतना नै आफ्नो अहन्कारले जलाइदीईसकेको हुन्छ!अनी त्य्सको भागीदार उनिहरु आँफै त हुन्छन नै, उनिहरुका माता पिता र सन्तान त्यसको अधिक मारमा पिल्सिन्छन किनकी तिनिहरुका निम्ती दुबैको माया र स्नेह अपरिहार्य हुन्छ र ति श्रीमान-श्रीमतीको अहन्कार उनिहरुकानिम्ती निरर्थक हुन्छ! श्रीमान-श्रीमतीलाई त केवल आफ्नो अहन्कारको र एकमाथी अरुको बर्चस्व कायम गर्ने ध्याउन्न मात्र हुन्छ! यो रवैयाले गर्दा उनिहरुले निर्माण गरेको माहोल उनिहरुका माता-पिता र सन्ततिका  निम्ती प्रतिकुल रहेको स्थिती प्रती उनिहरु पूर्णत: अचेत रहन्छन्!  राम्रो पक्षलाई माया र सम्मन गरेर नराम्र...

मेरो मन

  आफ्नो प्रशंसा र तारिफले मलाई अहन्कारी बनाउँछ , अहन्कार त तुच्छ कुरा, विकार अनि दुर्गुण पो हो त ; तैपनी अली अली   प्रशंसा   र तारिफ माग्ने गर्दछु, मनको सन्तुष्टिलाई गोढ्मेल गरिरहन्छु; आखिर मन नै त रहेछ हाम्रो मेन स्विच, यसैलाई रिझाउन अनेक हर्कत गरिरहन्छु !   कुनै पनि कुराको खडेरी हुंदा , यो मन नै त हो रिसाउने, म सँग नै लडाईं , झगडा र खेद प्रकट गर्ने; अनि   केही प्राप्तिको क्षणमा पनि यही मन नै त रहेछ, उफ्री पाफ्री गर्दै मात्तिने; म बाहेक अरु त मान्छे नै हैनन , म बाहेक कोही लायक नै छैनन्, भन्दै गम्दै,   आफ्नो अहन्कारको रसपान गर्दै , स्व परीभाषित सफलताको भ्रममा बाँच्ने !   मेरो मन   सार्है   लोभी छ , अरुको प्रगतिले यसलाई जलाउँछ , अविरल पिडा र ग्लानि दिलाउछ , आफ्ना अदक्षतालाई किन हो   र   सम्झिने ? त्यो नालयक सफल भएछ , भनिं बिलौना   गराउँछ !   मेरो मन यस्तै छ , आफुलाई परम आत्मज्ञानी ठा...